मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १७:५५:००
Read Time : < 1 मिनेट
समाचार

‘जनयुद्धका योद्धाहरुले समाजमा स्थापित हुन आफूलाई प्रमाणित गर्नुपर्दा दुःख लाग्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १७:५५:००

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका योद्धाहरुले समाजमा स्थापित हुन अझै आफुलाई प्रमाणित गर्नुपर्ने देख्दा दुख लागेको बताएका छन् ।

तत्कालिन नेकपा माओवादीको जनयुद्धका कमान्डर समेत रहेका नेकपा युवा नेता सरल सहयात्रीको उपन्यास  शिखरको ढुङ्गा नामक पुस्तकको बिमोचन गर्दै यस्तो बताएका हुन् । प्रचण्डले जनयुद्धमा होमिएका हरेक योद्धा आफैमा उत्कृष्ट व्यक्ति हुँदाहुदै पनि अहिले समाजमा आफुलाई उभ्याउन प्रमाणित गर्नु परेको देख्दा दुख लागेको बताए । 

परिवर्तनका लागि जनयुद्धमा लागेका सबैको महत्वपूर्ण भूमिकाको कारणले देशमा समाजबादको महायात्रामा देश अगाडी बढेको पनि अध्यक्षले बताए । 
लेखक सरल सहयात्री जीवनको विभिन्न कालखण्डलाई र आफु जनयुद्धमा हँुदा देखे भोगेका बिषयलाई उपन्यासको रुपमा पाठक माझ ल्याएका हुन् । लेखक जनयुद्धका पुर्व कमान्डर थिए भने उनले सगरमाथाको सफल आरोहण पनि गरेका छन् ।