मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ २७ मंगलबार ११:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरायसी विवादमा कुटपिट हुँदा पाँचजना घाइते

Read Time : < 1 मिनेट
२०७७ माघ २७ मंगलबार ११:४२:००

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– १२  मोतीपुरमा दुई पक्षबीच कुटाकुट हुँदा पाँचजना घाइते भएका छन् ।गैँडाकोट प्रहरीका अनुसार मोतीपुरनिवासी आशिष बरालको टोली र सोही स्थानका ३२ वर्षीय होमबहादुर विकको टोलीबीच झगडा भएको हो ।

कुटपिटमा परी १७ वर्षीय गम्भीर विरकट्टा गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । त्यसैगरी, २१ वर्षीय तुल्सन बरालको आँखा, हात र ढाडमा चोट लागेको छ । त्यसैगरी २९ वर्षीय भुवन बरालको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । 

२३ वर्षीय सन्तोष थापा र ३२ वर्षीय होमबहादुर विकको अवस्था सामान्य रहेको छ । कुटपिटमा संलग्न  आशिष बराली र २४ वर्षीय प्रभु सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।