मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
लक्ष्मी काफ्ले 
२०७५ माघ २९ मंगलबार १७:३२:००
Read Time : < 1 मिनेट
समाचार

नौमती बाजा संरक्षणमा झापाका युवा सक्रिय

Read Time : < 1 मिनेट
लक्ष्मी काफ्ले 
२०७५ माघ २९ मंगलबार १७:३२:००

परम्परागत नौमती बाजाको संरक्षणमा बिर्तामोडका ९ युवा जुटेका छन् । बाजाप्रति रुची जगाउने र प्रशिक्षरणसमेत दिने लक्ष्यका साथ उनीहरुले अभियान थालेका हुन् ।

युवाहरुले व्यवसायिक रुपमा ‘एक्टिभ नाइन’ नामक संस्थाद्वारा नौमती बाजा संरक्षण अभियान थालेका हुन् । उनीहरुले मंगलबार पत्रकार सम्मेलन गरी बाजा बजाएका थिए । कार्यक्रममा उनीहरुले भने, ‘बाजाको संरक्षणमा हामी निरन्तर लाग्छौँ ।’

समुहका अध्यक्ष गोविन्द निरौला भन्छन्, ‘नौमती बाजाको प्रयोग बढ्दो छ, तर बजाउने मान्छे घट्दै कम छन्, त्यसैले मौलिकता बचाउन लागेका हौँ ।’

उनीहरुले चारपानेका रामचन्द्र र नरेन्द्र दर्नालसँग प्रशिक्षण लिएर बाजा बजाउन सिकेका थिए । ‘एक्टिभ नाइन’ले डेढ लाख रुपैयाँ खर्च गरे बाजा खरिद गरेको हो । पहिरन र तालिमका लागि सो रकम खर्च भएको सचिव भानुभक्त खनालले बताए ।