१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १७:२८:००
Read Time : < 1 मिनेट
लोकसेवा

लोकसेवा तयारी गर्दा यी कुरामा ध्यान दिऔं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १७:२८:००

- लोकसेवाको तयारी गर्दा व्यावहारिक पक्षमा धेरैभन्दा धेरै जानकारी हासिल गर्नुपर्छ ।
- सुशासन ऐन, सूचनाको हकसम्बन्धी ऐन, निजामती सेवा ऐन, नियमावली, स्थानीय सरकारी सञ्चालन ऐन, वित्तीय व्यवस्थापन ऐनजस्ता विविध व्यावहारिक पक्षको अध्ययन गरिनुपर्छ
- आवधिक योजना मज्जाले पढ्नुपर्छ । किनभने, यसले सबै तह र समूहलाई कहीँ न कहीँ छोएको वा समेटेको हुन्छ । त्यसका साथै सरकारले सार्वजनिक गर्ने विभिन्न प्रतिवेदनहरू पनि पढ्नुपर्छ ।
- सम्बन्धित विषयमा काम गरिसकेका, व्यावहारिक रूपमा जानकार र अवकाशप्राप्त कर्मचारी वा व्यक्तिले लेखेका पुस्तक एवं लेखहरू नियमित पढ्नुपर्छ । 
- हेन्सआउट, बुक, गाइड मात्र हेरेर पुग्दैन । सम्बन्धित विषयवस्तुमा आधारित चौतर्फी ज्ञान हासिल गर्नुपर्छ । 
- बुझेर पढ्नुपर्छ, तनावमुक्त र एकत्रित भएर पढ्नुपर्छ । कम्तीमा दैनिक तीन घन्टा लोकसेवाकै तयारी गर्नुपर्छ । 
- तयारी कक्षा लिइरहेकाहरूले कक्षामा पढेका कुरा घरमा गएर दोहो‍¥याएर पढ्नुपर्छ । लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीले एक वर्ष वा ६ महिना राम्रोसँग पढ्दा पास गर्न सजिलो हुन्छ ।