मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा वासिङ्टन
२०७७ माघ २६ सोमबार १६:५७:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा वासिङ्टन
२०७७ माघ २६ सोमबार १६:५७:००

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् । 

इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी उनले दिएका छन् । ‘यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविकसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ,’ राष्ट्रपति बाइडेनले भने । 

अमेरिकाको सिबिएस न्युजलाई शुक्रबार दिएको अन्तर्वार्तामा उनले सो कुरामा जोड दिएका हुन् । इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिबार एक अन्तर्वार्ताका क्रममा अमेरिकाले आफूहरूमाथि अवैधानिक रूपमा नाकाबन्दी लगाएको आरोप लगाएका थिए । 

त्यसलगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया आएको छ । विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरूमाथि लगाएको प्रतिबन्दका कारण धैर्यता टुटिसकेको बताएका थिए ।