१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सोनी राई साेलुखुम्बु
२०७७ माघ २६ सोमबार ०८:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिसोले कठ्याङ्ग्रिएर सोलुखुम्बुमा एकको मृत्यु 

Read Time : < 1 मिनेट
सोनी राई साेलुखुम्बु
२०७७ माघ २६ सोमबार ०८:५७:००

सोलुखुम्बुमा चिसोले कठ्याङ्ग्रिएर एकजनाको  मृत्यु भएको छ । जिल्ला हुलाक कार्यालयमा करारमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका– ५ नयाँ बजार बस्ने ४९ वर्षीय राम श्रेष्ठको चिसोको कारण ज्यान गएको हो । 

शनिबार डाक पुर्‍याएर फर्किने क्रममा जिल्लाको लिखुपिके गाउँपालिका– ५ स्थित लामजुरा जंगलमा हिउँ परेपछि चिसो छल्न ओडारमा मृतक श्रेष्ठ र उनका ज्वाइँ प्रकाश राई वास बसेका थिए । ओडारमा सुतेकै ठाउँमा बिरामी परेका उनको आइतबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्युको खबर पाएपछि प्रहरी चौकी किन्जाबाट प्रहरी हबल्दार आङगेल्बु शेर्पाको टोली उद्धारका लागि घटनास्थल गए पनि बाक्लो हिउँका कारण पुग्न नसकेको बताइएको छ । मृतक श्रेष्ठको शवलाई स्थानीयको सहयोगमा नजिकैको बस्तीमा राखिएको छ । श्रेष्ठको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी गरिएको छ ।