मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २६ सोमबार ०६:३५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि विकास बैंकले भीम अस्पताललाई एक्स–रे मेसिन सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २६ सोमबार ०६:३५:००

कृषि विकास बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको भीम अस्पताललाई डिजिटल एक्स–रे मेसिन सहयोगस्वरूप उपलब्ध गराएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत एक्स–रे मेसिन प्रदान गरेको हो । कार्यक्रममा भीम अस्पताल भैरहवाकी मेसु डा. शकुन्तला गुप्ताले एक्स–रे मेसिन सहयोगस्वरूप पाउँदा गरिब नागरिकको उपचारमा सहज हुने बताएकी थिइन्  ।

उनले भनिन्, ‘साइकल, ठेलागाडा, रिक्सामा बिरामी ल्याउने निम्न आयस्तर भएका जनताको सेवा गरिरहँदा अस्पतालको आन्तरिक स्रोतले आधुनिक उपकरणहरू खरिद गर्न नसकिएको अवस्थामा कृषि विकास बैंकले गरेको सहयोगले यस अस्पतालको सेवामा महत्वपूर्ण योगदान पुगेको छ ।’ 

यसका साथै बैंकले भीम अस्पताल हातामा एटिएम मेसिन पनि सञ्चालनमा ल्याएको छ । अस्पताल परिसरमा रहेको एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय तथा रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख एकराज विकले संयुक्त रूपमा उद्घाटन गरेका थिए । 

उद्घाटनपछि बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका २ अस्पताल, बुटवल, जुम्ला, धनगढीको गेटालगायत देशका विभिन्न अस्पतालहरूलाई प्राविधिक तथा भौतिक सहयोग गर्दै आएको बताएका थिए । जनतालाई प्रत्यक्ष सहयोग पुग्ने क्षेत्रमा सहयोग गर्न बैंक अग्रसर रहेको र यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने उनको भनाइ थियो । बैंकले रुपन्देहीको मझगाँवा शाखामा पनि एटिएम मेसिन सञ्चालनमा ल्याएको जनाएको छ  ।