समाचार
अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन
Read Time : < 1 मिनेट
२०७५ माघ २९ मंगलबार १५:५०:००
अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राति निधन भएको छ । स्थानीय सञ्चार माध्यमले ९३ वर्षको उमेरमा उनको निधन भएको जनाएको हो ।
सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजीनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेका थिए । त्यसैगरी उनी सन् २००३ मा ‘लोया जिर्गा’को अध्यक्ष भएका थिए । सन् २००१ को अन्त्यमा तालिबानहरुको शासन सत्ता अन्त्यपछि जारी भएको संविधान पनि उनले अनुमोदन गरेको समाचारमा जनाएको छ ।
पूर्व राष्ट्रपति मुजाद्धिदी अफगानिस्तानको ‘नेसनल लिबरेसन फ्रन्ट’ नामक पार्टीको संस्थापक हुन् । उनको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरुले जनाउका छन् । रासस