Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस विराटनगर
२०७७ माघ २५ आइतबार १३:१३:००
Read Time : < 1 मिनेट
समाचार

विराटनगरमा चालू आर्थिक वर्षभित्रै तीनवटा आकाशे पुल बन्ने

Read Time : < 1 मिनेट
रासस विराटनगर
२०७७ माघ २५ आइतबार १३:१३:००

विराटनगर महानगरपालिकाले दुई  करोड ३९ लाख लागतमा एकैसाथ तीनवटा आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकाले सवारीसाधनको चाप बढ्न थालेपछि यातायात सुगमता र सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले आकाशे पुल निर्माण गर्न लागेको हो । 

नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको  कञ्चनबारी चोक, बरगाछी चोक र भट्टीमोड (घाँसचोक)  गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको नक्सा शाखाका प्रमुख अर्जुन थापाले बताए । विराटगरको सौन्दर्य बढ्ने, सवारी दुर्घटना न्यूनीकरण गर्ने र मानिसलाई सडक वारपार गर्न सुविधा पुग्ने उद्देश्यले आकाशे पुल निर्माण गर्न लागेको उनको भनाइ छ । सँगै विराटनगरको भित्री भागमा नगरपालिकाको खाली जग्गामा सामान्य उद्यान पनि बनाउने नगरपालिकाको योजना रहेको छ । विराटनगरको कञ्चनबारी चोकमा ७८ लाख, बरगाछी चोकमा ६८ लाख र भट्टीचोकमा ९३ लाख लागतमा आकाशे पुल निर्माण गर्न लागेको उनले बताए । ६ लेन सडकको मापदण्डअनुसार बन्ने सो पुल फलामका हुनेछन् ।

तीनवटै पुल निर्माण गर्ने गरी योजना अगाडि बढाएको र केही दिनमै यसको शिलान्यास भई चालू आर्थिक वर्षमै योजना सम्पन्न हुने प्रमुख थापाको भनाइ छ ।