१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ २५ आइतबार ०२:१६:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ माघ २५ आइतबार ०२:१६:००

घर लिपपोत गर्न माटो लिन गएका कैलाली जानकी गाउँपालिका–९ पूर्वखैरीफाँटाका तीन महिलाको ढिस्कोमा पुरिएर शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ वर्षीया गंगा जयगडी, २० वर्षीया भावना वड र १७ वर्षीया धनसरी विक छन् । दुईजनाको घटनास्थलमै र गंगाको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसूदन न्यौपानेले बताए ।

ढिस्कोले पुरिएर घाइते भएका १२ वर्षीया काजल विक र अञ्जु जयगडी टीकापुर अस्पतालमा उपचारपछि घर फर्केका छन् । प्रहरी नायब उपरीक्षक न्यौपानेले घर पोत्नका लागि माटो लिन उनीहरू शनिबार बिहान गाउँनजिकै पर्ने कालिका सामुदायिक वनमा गएको बताए । 

माटोको ढिस्को खस्दा पुरिएर महिलाले अकालमै ज्यान गुमाउनुपर्ने घटना कैलालीमा बारम्बार दोहोरिने गरेका छन् । घर लिपपोत गर्नका लागि माटो लिन ढिस्कोबाट असुरक्षित रूपमा माटो खन्ने क्रममा यस्ता घटना हुने गरेका छन् ।