मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार १४ सोमबार
  • Monday, 28 June, 2021
हदिश खुद्दार जनकपुरधाम
२०७७ माघ २४ शनिबार १५:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा छ : उपसभापति निधि

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ माघ २४ शनिबार १५:०७:००

कांग्रेस उपसभापति विमलेन्द्र निधिले कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहेको स्पष्ट पारेका छन् । प्रेस युनियन धनुषाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा उपसभापति निधिले कांग्रेसले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको दाबी गरे ।

नेकपाले कुनै पनि हालतमा मुलुकलाई सही नेतृत्व दिन नसक्ने उनको दाबी छ । बलियो सरकार हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक कलहलाई समाधान गर्न नसकेर संविधानमै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको उनले जिकिर गरे । 

अदालतमा विचाराधीन विषयमा फैसला आए पनि कांग्रेस सोहीअनुसार अगाडि बढ्ने उनले बताए । निधिले भने ‘मुलुक जब–जब संकटमा पर्छ, त्यो वेला कांग्रेसले संकटमोचन गर्दै आएको छ । अहिलेको संकटमोचन पनि कांग्रेसले नै गर्छ ।’