मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २४ शनिबार १५:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुकुम्बासीको हातमा पुर्जा दिन सरकार आतुर छ : मन्त्री तुम्बाहाङ्फे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २४ शनिबार १५:००:००

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीको हातमा पुर्जा दिन सरकार आतुर रहेको बताएकी छिन् । भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र सदस्यका लागि काठमाडौंमा शनिबार आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा तुम्बाहाङ्फे सरकार अव्यवस्थित तरिकाले बसोवास गरिरहेका प्रत्येक सुकुम्बासीहरूको हातमा पुर्जा दिन आतुर रहेको बताएकी हुन् ।

सरकारको आतुरतालाई व्यवहारमा उतार्नका निम्ति भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूले पहलकदमी लिनुपर्ने उनको भनाइ छ । सरकार र आमसुकुम्बासीले आयोगका नवनियुक्त पदाधिकारीहरूमाथि आशा र भरोसा गरेको उनले बताइन् । 

सुकुम्बासीहरूको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्न सक्ने भएकाले आयोगका पदाधिकारीहरूले नियमन गर्नुपर्ने उनको भनाइ छ । गलत मानिसको हातमा पुर्जा दिलाउन विभिन्न समूह सक्रिय हुन सक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी पनि आयोगका पदाधिकारीको रहेको उनले बताइन् । आयोगका सदस्यहरू आर्थिक लोभमा पर्न सक्ने भन्दै तुम्बाहाङ्फेले समयमै सचेत रहनुपर्नेसमेत बताइन् । 

आयोगका पदाधिकारीहरूले स्थानीय तहले गरेका कामको नियमन गर्नुपर्ने र निर्दिष्ट ऐनभन्दा बाहिर गएर काम नगर्न उनले निर्देशन पनि दिइन् ।