मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २४ शनिबार ०८:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नियुक्तिबारे सर्वोच्चले माग्यो लिखित जवाफ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २४ शनिबार ०८:५९:००

संवैधानिक निकायहरूमा नियुक्त भएकालाई काम गर्न रोक लगाउनुपर्ने मागसहित परेको रिटमा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीकोे इजलासले शुक्रबार विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो । 

बुधबार शपथ लिएका संवैधानिक निकायका पदाधिकारीलाई काम गर्न रोक लगाउनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

उनले मंगलबार नै शपथ रोक्न माग गरी रिट निवेदन दिएका थिए । तर, सर्वोच्चले शपथ कार्यक्रम सकिएपछि बुधबार मात्रै दर्ता भएको थियो ।