मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ २३ शुक्रबार १०:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा हिमपात, तापक्रम माइनसमा झरेसँगै जनजीवन प्रभावित (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ माघ २३ शुक्रबार १०:४५:००

हिमालपारिको जिल्ला मनाङमा शुक्रबार बिहानबाट हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस नाै डिग्री सेल्सियस पुगेको छ ।  मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी र चामेलगायतका ठाउँमा हिमपात भएको छ ।

चिसोका कारण मानिसको चहपहल घटेको छ । मनाङमा यसअघि पुस २१ गते माथिल्लो  क्षेत्रमा हिमपात भए पनि चामेमा भने यो वर्ष पहिलोपटक हिमपात भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । लामो समयपछि बाक्लो हिमपात हुँदा किसान भने खुसी भएकाे उनले बताए ।  

हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरु तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हे.क्वा मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए ।