मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ २३ शुक्रबार ०९:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाले डिस्पोज गर्‍यो

Read Time : < 1 मिनेट
२०७७ माघ २३ शुक्रबार ०९:५३:००

महोत्तरीको बर्दिवास  १०  पूर्व–पश्चिम महेन्द्र राजमार्गखण्डमा पर्ने  लक्ष्मीनिया चोकनजिकैको ढोलन पुलमा मध्यरात राखिएको प्रेसरकुकुर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

अज्ञात समूहले राखेको उक्त बम डिस्पोज गर्न नेपाली सेनाको कालिसिद्धि गण किसान नगरको टोली बम भएको स्थानमा पुगेको थियो । सेनाले बिहान ८ बजेर ३० मिनेटमा उक्त बम डिस्पोज गरेको हो । 

राति  सडकछेउमा शंकास्पद वस्तु राखिएको बोरा फेला परेपछि राजमार्ग अवरुद्ध भएको थियो । तर, एक ट्रकड्राइभरले त्यो बोरालाई सडक छेउभन्दा पर फालिदिएपछि सडक सुचारु भएको स्थानीयले बताए ।

डिस्पोज गरिसकेपछि त्यसका टुक्राहरू संकलन गरेर अनुसन्धानका लागि लगिएको  नेपाली सेनाले बताएको छ । डिस्पोज गरिएको वस्तु बम वा अन्य भनेर टुक्राहरूको अनुसन्धान गरेपछि मात्र थाहा हुने सेनाले जनाएको छ ।