मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २३ शुक्रबार ०६:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जगदम्बा मोटर्सको ‘डाउनलोड एन्ड विन’को विजेता घोषित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २३ शुक्रबार ०६:३९:००

टिभिएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ । अभियानका विजेता काठमाडौं कुसुन्तीका अनिल प्रधान भएका हुन् । 

टिभिएसका स्टिकर डाउनलोड गरेर विजेता बन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एन्ड बिजनेस डेभलपमेन्ट दीपकप्रसाद रौनियारले टिभिएस जेस्ट स्कुटरको चाबी हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । अभियान भाइबरसँगको सहकार्यमा १९ अक्टोबर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको जनाइएको छ ।

अभियानमा ग्राहकले भाइबरमा टिभिएस दसैँको आशा नामक स्टिकर डाउनलोड गरेर नयाँ टिभिएस जेस्ट स्कुटर सक्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट जनरल म्यानेजर दीपकप्रसाद रौनियारले टिभिएस ब्रान्डसँग सम्बद्ध ग्राहकलाई डिजिटल रूपमा संलग्न गराउनुका साथै उनीहरूको जीवनमा रमाइलो र उत्साह प्रदान गर्न टिभिएससँग सहकार्य गरेको बताए ।