मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ माघ २२ बिहीबार १६:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आमहडताल : जनकपुरमा झडप, दुई पूर्वमन्त्रीसहित ११ घाइते 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ माघ २२ बिहीबार १६:१०:००

जनकपुर बजार बन्द गराउने क्रममा नेकपाका प्रचण्ड–माधव समूह र प्रहरीबीच भएको झडपमा दुई पूर्वमन्त्रीसहित ११ जना घाइते भएका छन् । बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच स्थानीय शिवचोकमा भएको झडपमा पूर्वमन्त्रीद्वय मातृका यादव र रामचन्द्र झासहितका नेता तथा कार्यकर्ता घाइते भएका हुन् । झडपमा दुई प्रहरी जवान पनि घाइते भएका छन् । 

घाइते मन्त्रीद्वयको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । झडपको क्रममा प्रहरीले एक दर्जन हवाई फायर, तीन दर्जन आयुग्यास, करिव ७ राउन्ड रबरको गोली प्रहार गरेको थियो । 

प्रहरीले प्रहार गरेको रबरको गोली र अश्रुग्यास पूर्वमन्त्री यादवलाई लागेको थियो । प्रहरीले प्रहार गरेको लाठीले पूर्वमन्त्री झाको टाउकोमा चोट लागेको छ । धनुषाका सहिद नगर नगरपालिकाका मेयर उदय बरबरिया, कारी यादव, श्रवण बरबरिया, प्रदीप साह, उमेश साह, शिवकुमार गोइतसहित नेता तथा कार्यकर्ता घाइते भएका छन् ।

झडपमा प्रहरी जवान लालबाबु राय र नाम नखुलेका थप एकजना प्रहरी घाइते भएका छन् ।

मेयर बरबरियाले आफूहरूले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिरहेको क्रममा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र रबरको गोली प्रहार गरेको बताए ।