मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ११ मंगलबार
  • Tuesday, 25 May, 2021
रासस/सिन्ह्वा नयाँदिल्ली
२०७७ माघ २२ बिहीबार १३:५०:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट

भारतमा ४५ लाखभन्दा बढीले लगाए कोभिड– १९ विरुद्धको खोप

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा नयाँदिल्ली
२०७७ माघ २२ बिहीबार १३:५०:००

भारतमा १६ जनवरीदेखि सुरु भएको कोभिड– १९ विरुद्धको खोप अभियानमा हालसम्म ४५  लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेका छन् ।

यहाँ कोरोना भाइरस संक्रमितको संख्या बुधबारसम्म एक करोड सात लाख ९० हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा १२ हजार आठ सय ९९ नयाँ संक्रमित थपिएपछि जम्मा कोरोना संक्रमित एक करोड सात लाख ९० हजार एक सय ८३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारण एक सय सातजनाको मृत्यु भएको छ । योसहित कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या एक लाख ५४ हजार सात सय तीनजना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ८० हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको उल्लेख छ । हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् । 

भारतको केन्द्रीय राजधानी दिल्लीमा बुधबार एक सय ५० जना थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको र ६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड– १९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार आठ सय ६४ को मृत्यु भइसकेको छ ।