मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रोहितराज पराजुली                                                                            
२०७५ माघ २९ मंगलबार ११:५५:००
Read Time : > 1 मिनेट
प्रदेश

पोखराले सुरु गर्यो अपाङ्गता परिचयपत्र वितरण 

Read Time : > 1 मिनेट
रोहितराज पराजुली                                                                            
२०७५ माघ २९ मंगलबार ११:५५:००

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र वसोवास गर्ने आपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण सुरु गरेको छ । 

महागनरका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले सोमबार पोखरा २३ का पुष्करराज उपाध्यायलाई पूर्ण अपाङ्गगता भएकालाई रातो कार्ड प्रदान गदै परिचय पत्र वितरणको काम सुरु गरेका हुन । वितरण कार्यक्रमको पहिलो दिन ४० जनालाई परिचयपत्र वितरण गरिएको छ ।

यस अघि महिला तथा बालबालिका कार्यालयले परिचय पत्र वितरण गर्दै आएकोमा सो कार्यालय महानगर मातहतमा आएसँगै महानगरको नगर सभाले ‘पोखरा महानगरपालिका अपाङ्गता भएका ब्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५’ पारित गरेको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ्गको संयोजकत्वमा सात सदस्य अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेपछि परिचय पत्र वितरण सुरु गरेको हो । 

परिचयपत्र वितरणका लागि आवश्यक कार्यविधि र समिति नहुँदा अपाङ्गता भएका ब्यक्तिहरुले विगत एक वर्षदेखि परिचयपत्र पाउन सकेका थिएनन् । प्रक्रिया पुरा भएका निवेदन, शारीरिक अवस्था, अस्पतालले दिएको सिफारिस र परिचयपत्र वितरण कार्यविधिका आधारमा परिचयपत्र वितरण  गरिएको हो । परिचयपत्रमा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुपर्ने अपाङ्गता परिचयपत्र वितरण कार्यविधिले गरेको छ ।

कार्यक्रममा उपप्रमुख गुरुङले सरकारले अपाङ्गताको वर्गीकरण गरेको र महानगरले त्यही कार्यविधिको आधारमा परिचयपत्र वितरण गरेको उनले बताइन । पूर्ण अपाङ्गगता भएका ब्यक्तिलाई महानगरसम्म पुग्न असहज हुने भएकाले आगामी कार्यक्रममा क र ख वर्गको परिचयपत्र वडा तहमै पुगेर वितरण गरिने उनले बताइन् । 

मितिले अपाङ्गता परिचयपत्रका लागि सोमबारसम्म कार्यालयमा दर्ता भएका निवेदन माथि छलफल गरेर परिचयपत्र उपलब्ध गराईएको जानकारि दिदै सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले जानकारी दिइन् । 

अपाङ्गता भएका व्यक्तिले वडा कार्यालयको सिफारिस पत्र, सम्वन्धित स्वास्थ्य संस्थाको सिफारिस पत्र, जन्मदर्ता, नागरिकताको प्रमापणपत्रको प्रतिलिपी र फोटोसहित महाशाखामा निवेदन पेश गर्न सामाजिक विकास महाशाखाकी प्रमुख निर्मला शर्माले अनुरोध गरेकी छिन् । 

कार्यविधि अनुरुप पूर्ण अशक्त अपाङ्गता भएका व्यत्तिले रातो, अति अशक्त अपाङ्गता भएका ब्यक्तिले निलो, मध्यम अपाङ्गता भएका ब्यक्तिले पहेलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रंगको परिचयपत्र प्राप्त गर्ने छन् ।