मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : विष्णु रिजालको फेसबुकबाट
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २२ बिहीबार ०८:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अष्टलक्ष्मी शाक्यसहित नेकपा प्रचण्ड–नेपाल समूहका नेता पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २२ बिहीबार ०८:५०:००

प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता पक्राउ गरेको छ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय सदस्य अमृता थापा, कृष्ण केसी र युवा नेता रमेश मल्ललगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

शाक्यद्वय र थापालाई कलंकीबाट, केसीलाई चाबलिहबाट र मल्लसहितका केही नेतालाई बागबजारबाट पक्राउ गरेको नेता विष्णु रिजालले जानकारी दिए । 

नेकपा प्रचण्ड–नेपाल समूहले आज आमहडतालको घोषणा गरेको छ । आमहडताल गर्न सडकमा निस्किएका नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।