Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २१ बुधबार १७:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संवैधानिक निकायका पदाधिकारीको शपथग्रहण अर्को असंवैधानिक कदम : प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २१ बुधबार १७:३९:००

कांग्रेस नेता प्रकाशमान सिंहले अध्यादेश ल्याएर सिफारिस भएका संवैधानिक निकायका पदाधिकारीलाई शपथग्रहण गराइनु अर्को असंवैधानिक कदम भएको बताएका छन् । उनले यो कदमले प्रधानमन्त्री ओलीले ‘म नै संविधान हुँ’ भन्ने अन्तरनिहित दम्भ देखाएको उनको टिप्पणी छ ।

‘संवैधानिक परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कोरम नै नपुगेको बैठकबाट गरेको सिफारिस पनि असंवैधानिक थियो, त्यसैले आज गराइएको शपथ पनि असंवैधानिक हो, संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ,’ सिंहले भनेका छन् ।

उनले सात दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहेकाहरूको असंवैधानिक कार्य र मनपरीतन्त्रका कारण संकटमा परेको बताए । ‘अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ,’ उनले भनेका छन् । 

नेता सिंहले सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, बिचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको बताए । ‘अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरुपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभा–सम्मेलनले देशलाई अस्थिरतातर्फ धकेल्न उद्यत् देखिन्छ,’ उनले अघि भने, ‘संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नका लागि सबैलाई सचेत र जागरुक रहन अपिल गर्न चाहन्छु ।’