मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २१ बुधबार ०८:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारीहरूको शपथ नौ बजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २१ बुधबार ०८:२३:००

संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारीहरूको शपथ बुधबार बिहान नाै बजे हुने भएको छ । तर, यो नियुक्ति गैरसंवैधानिक भएको भन्दै मंगलबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । 

संवैधानिक आयोगहरूमा गरिएका विवादास्पद नियुक्तिको सिफारिसलाई राष्ट्रपतिबाट सदर गर्ने तयारी भएको छ । संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथको तयारी भएको छ । 

त्रिपाठीले पेस गरेको  रिट बुधबार सर्वोच्चको इजलासमा पेस हुने र आदेश आउन सक्ने भएकाले बिहानै शपथ खुवाउने शीतलनिवासको तयारीअनुसार नाै बजे शपथको तयारी भएको स्रोतले जनाएको छ ।