मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १९ आइतबार
  • Sunday, 02 May, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २० मंगलबार ०७:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा समितिको अध्यक्षमा सिलवाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २० मंगलबार ०७:१२:००

सरकारले बिमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाललाई नियुक्ति गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बिमा समितिको अध्यक्षमा सिलवाललाई नियुक्ति गरेको हो । 

तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईं गत २३ पुसमा अवकाश भएपछि बिमा समिति नेतृत्वविहीन अवस्थामा रहेको थियो । रिक्त भएको करिब दुई महिनापछि समितिले अध्यक्ष पाएको हो ।

मन्त्रालयको सिफारिसमा सोमबारको बैठकले उनलाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । नेपालमा अहिले १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र एउटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । यी बिमा कम्पनीको नियमन तथा सुपरिवेक्षणको काम बिमा समितिले गर्छ ।