१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ माघ २० मंगलबार ०८:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगरका कुख्यात मिटरब्याजी मन्टु चेल चलान 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ माघ २० मंगलबार ०८:३९:००

विराटनगरका  कुख्यात मिटरब्याजी ‘मन्टु’ भन्ने सञ्जय रौनियार जेल चलान भएका छन् ।  घरजग्गा राजीनामा पास गराएर किर्ते कपाली तमसुक बनाई धाकधम्की दिँदै  अकुत ब्याज असुलेर आपराधिक कार्य गरेको आरोपमा कुख्यात मिटरब्याजी विराटनगर– ९ का ४२ वर्षीय  रौनियार जिल्ला अदालत मोरङको आदेशअनुसार पुर्पक्षका लागि जेल चलान भएका  हुन् । 

उनलाई मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीको इजलासले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । न्यायाधीश पराजुलीको इजलासले सुनुवाइ भएका १७ मुद्दामध्ये चारवटामा धरौटी लिएर बाँकी १३ वटा मुद्दामा पुर्पक्षका लागि चेल चलान गर्न आदेश दिएकाे  छ । 

वर्षौँदेखी घरजग्गा धितो पास गराएर नक्कली कपाली तमसुक बनाएर मनमौजी चर्को ब्याज असुलेको आरोपमा रौनियारविरुद्ध १७ जना पीडितहरूले ठगी गरेको आरोपमा किटानी जाहेरी दिएका थिए ।  १७ वटा अलग अलग मुद्दाको अभियोग पत्रअनुसार मिटरब्याजी मन्टुविरुद्ध एक करोड ९२ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति माग दाबी गरिएको छ । मन्टुले सर्वसाधारणबाट ९२ लाख कर्जाको ७ करोड ७० लाख रुपैयाँ असुली गरेको पीडितहरूको जाहेरीबाट खुलेको छ । 

त्यसपछि मोरङ प्रहरीले  गहन अनुसन्धान गरेर मोरङ जिल्ला अदालतमा ठगी र आपराधिक कार्य गरि अकुत सम्पत्ति कमाएको आरोपमा मुद्दा दर्ता गराएको थियो । कुख्यात मिटरब्याजी रौनियारले आफ्नो नाममा ४३ र श्रीमती ज्योतिको नाममा ३३ वटा कित्ता आफ्नो नाममा पास गराएको फेला परेको छ । यसैगरी जिल्ला अदालत मोरङमा दर्जनौँ लेनदेन मुद्दा दर्ता गराएको पाइएको छ । मन्टुबारे पीडितहरूले सम्पत्ती शुद्धीकरण आयोगमा पनि उजुरी दर्ता गराएका छन् ।