१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ०७:५६:००
Read Time : > 1 मिनेट
अर्थ

‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ योजना : तेस्रो चरणको भ्रमणका लागि छानिए १२० जना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ०७:५६:००

शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको उपभोक्ता योजना ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ अन्तर्गत हेलिकोप्टरबाट गोसाइँकुण्ड भ्रमण गर्ने तेस्रो चरणका १ सय २० जना उपभोक्ता छानिएका छन् । योजनाअन्तर्गत हेलिकोप्टरमार्फत काठमाडौं–गोसाइँकुण्ड–काठमाडौं यात्राका लागि कम्पनीले जनकपुरमा कार्यक्रम गरी तेस्रो चरणका भाग्यशाली उपभोक्ता छानेको हो ।

यसअघि कम्पनीले काठमाडाै‌ र हेटौँडामा पत्रकार सम्मेलन गरी लक्की ड्रमार्फत दुई चरणमा २ सय ४० जना छनोट गरेको थियो । ६० वटा भाग्यशाली कुपनमार्फत छानिने उपभोक्ताले एकजना साथीसहित १ सय २० जना गोसाइँकुण्ड भ्रमणमा जाने कम्पनीले जनाएको छ । 
१० बोरामा एक कुपन
कम्पनीले पुस ५ गतेदेखि प्रत्येक १० बोराको खरिदमा स्क्र्याच कुपन प्रदान गर्दै आएको छ । जसमा हात खाली नहुने उपहारअन्तर्गत सयदेखि १ हजार रुपैयाँसम्म नगद तथा २.५ ग्रामदेखि १० ग्रामसम्मको सुन उपहारमा दिँदै आएको छ । स्क्र्याच गरिएको कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखी गोसाइँकुण्ड हेलिकोप्टर यात्राको भाग्यशाली लक्की ड्रमा समावेश हुन मिल्ने योजना ल्याएको हो । 
कुल ४ सय ८२ जना गोसाइँकुण्डमा
कम्पनीले उक्त अभियानमा ४ सय ८२ जनालाई गोसाइँकुण्ड पु-याउने योजना बनाएको छ । योजनामा हालसम्म १ सय ८० कुपनमार्फत  तीन चरणमा गरी ३ सय ६० जना छानिएको र अब १ सय २२ जना छानिने कम्पनीले जनाएको छ । 

सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन गरी बिक्री गर्दै आएको छ । कम्पनीले आफैँले सञ्चालन गरेको चुनढुंगा खानीबाट उच्च गुणस्तरको क्लिंकर निकाली प्रयोग गर्ने गरेको जनाएको छ । कम्पनीले आफ्नो उत्पादन काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स अस्पताल भवन निर्माण, विभिन्न हाइड्रोपावर, पुल एवं टनेल निर्माणका विभिन्न आयोजनामा प्रयोग भएको दाबी गरेको छ ।