मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ०७:४४:००
Read Time : < 1 मिनेट
अर्थ

माछापुच्छ्रे बैंकको ‘एजुकेसन हब’ सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ०७:४४:००

माछापुच्छ्रे बैंकले ‘एजुकेसन हब’ सेवा सञ्चालन गरेको छ । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीको सुविधालाई ध्यानमा राखी बैंकले सञ्चालन गरेको सेवामा एकद्वार प्रणालीमार्फत शैक्षिक कर्जा र अनलाइन भुक्तानी सेवासम्बन्धी परामर्श तथा सेवा प्रदान गरिने बैंकले जनाएको छ  । 

बैंकको पुतलीसडक शाखाबाट सञ्चालित उक्त ‘हब’बाट विद्यार्थीले तुरुन्तै बैंकको खातासमेत खोल्न सक्नेछन् । यो सेवाबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीले शैक्षिक कर्जासम्बन्धी लिन तथा कर्जाका लागि आवेदन दिनसमेत सक्नेछन् । साथै, विद्यार्थीले सोही ‘हब’बाटै पिटिई, आइएलटिएस, टोफेल, जिआरई, स्याटलगायतको शुल्क भुक्तानीसमेत गर्न सक्नेछन् ।