१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ माघ १७ शनिबार ०८:५२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सीमाक्षेत्र गड्डाचौकीको हेल्थडेस्कलाई स्वास्थ्य सामग्री

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ माघ १७ शनिबार ०८:५२:००

कोरोना नियन्त्रण तथा रोकथामका लागि भीमदत्त नगरपालिकाले सीमाक्षेत्र गड्डाचौकीका स्थापना गरेको हेल्थडेस्कलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । 

अन्तर्राष्ट्रिय प्रवासी संस्था(आइओएम)ले नेपाल भारत कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकीमामा स्थाना गरिएको हेल्थडेस्कलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । 

नेपाल भारतको पश्चिम नेपालको मुख्य प्रवेशद्वार गड्डाचौकीमा गत फागुनमा भीमदत्त नगरपालिकाले हेल्थडेस्क स्थापना गरेर भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षण गर्दै आएको थियो ।

अन्तर्राष्ट्रिय प्रवासी संस्था(आइओएम)ले हेल्थ डेस्कको भौतिक संरचना सुधारका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री दिएको भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले बताए । स्वास्थ्य शाखा प्रमुख जोशीले मास्कदेखि ह्यान्डवास मेसिनसम्म दिएको बताए ।

स्वास्थ्य शाखा प्रमुख जोशीका अनुसार हेल्थडेस्क स्थापनाका साथै मास्क, स्यानिटाइजरलगायतका दर्जनौँ उपकरण दिएको बताए । ‘