Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ माघ १७ शनिबार ०८:१५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीका ६ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ माघ १७ शनिबार ०८:१५:००

कर्णालीका ६ जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । कर्णालीका १० जिल्लामध्ये रुकुमपश्चिम, जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्ला कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । 

रुकुम पश्चिममा २५७, जुम्लामा ४१३, कालिकोटमा ३३१, हुम्लामा ५९, मुगुमा ४१ र डोल्पामा ४४ जनामा कोरोना संक्रमित भेटिएको  र ती सबैमा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको कर्णाली प्रदेश सामाजिक मन्त्रालयको स्वास्थ्यसेवा महाशाखाले जनाएको छ । 

कर्णालीमा आरटी पिसिआर विधिबाट ९७ हजार १९ जनाको कोरोना परीक्षण गरिएको र त्यसमध्ये सात हजार पाँच सय ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या सात हजार दुई ८३ रहेको छ । हाल कर्णालीका चार जिल्ला सुर्खेत, दैलेख, सल्यान र जाजरकोटका कोरोना संक्रिय संक्रमित बिरामीको संख्या ४८ जना रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।