मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १६ शुक्रबार २२:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकी राजदूतले भेटे प्रधानसेनापति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १६ शुक्रबार २२:३२:००

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् । अमेरिकामा निर्वाचनपछि राष्ट्रपति जो बाइडेन नेतृत्वमा नयाँ सरकार गठनपछि राजदूत बेरीले शीर्ष नेताहरूपछि प्रधानसेनापति थापालाई भेटेका हुन् । बेरीले बाइडेन प्रशासनमा नेपाली र अमेरिकी सेनाबीचको सम्बन्ध र सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । 

राजदूत बेरीले जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग छलफल गरेका हुन् । जंगी अड्डाले द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको विज्ञप्तिमा जनाएको छ । 

अमेरिकी राजदूत बेरीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गरिसकेका छन् । नयाँ सरकारको विदेशनीति र विशेष गरी नेपाल नीतिबारे बेरीले जानकारी दिँदै आएका छन् ।