मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/सिन्ह्वा न्युयोर्क
२०७७ माघ १६ शुक्रबार १५:१९:००
Read Time : < 1 मिनेट
विश्व

संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसले लगाए कोरोना भाइरसविरुद्धको खोप 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा न्युयोर्क
२०७७ माघ १६ शुक्रबार १५:१९:००

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन् । संयुक्त राष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित रिपोर्टले सो कुराको जानकारी दिएको छ ।

गुटेर्रेसले ट्विटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै सो खोप लगाएको पुष्टि गरेका छन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई भाइरसविरुद्धको खोप सबैका लागि यथोचित रूपमा उपलब्ध गराउन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । ‘यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौँ, त्यसैले विश्वका जति देशलाई महामारीले सताएको छ, त्यहाँ खोप पुगोस् भनी कामना गर्दछौँ,’ गुटेर्रेसले लेखेका छन् । उमेरका आधारमा खोप लिन योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले जनाएका छन् । न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दालाई खोप अभियानको पहिलो चरणमा समावेश गरिएको छ । 

यस खोप अभियानमा विद्यालयका कर्मचारी पनि समावेश भएका छन् । सार्वजनिक ट्रान्जिटमा काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको रिपोर्टले जनाएको छ । 

उनले गत महिना मात्र खोप लिने भनी घोषणा गरेका थिए । वृद्धवृद्धाका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास हटाउन उनले खोप लिने घोषणा गरेका थिए ।