मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ माघ १६ शुक्रबार १३:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 विराटनगरमा  प्रचण्ड-नेपाल समूहको विरोध प्रदर्शन सुरु  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ माघ १६ शुक्रबार १३:३२:००

प्रतिगमनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले आज विराटनगरमा बृहत् विरोध प्रदर्शन आयोजना गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा  दिउँसो १२ बजेदेखि विरोध प्रदर्शन सुरु भएको छ । 

विराटनगरको उत्तर बरगाछी, दक्षिण रोडशेष चोक, पूर्व हाटखोला, पश्चिम केसलिया र उत्तरपूर्व तीनपैनी चोकबाट जुलुस प्रदर्शन भएको छ ।  विराटनगरको जनआन्दोलन चोकमा विरोध सभा आयोजना हुनेछ । सभालाई नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, अध्यक्ष प्रचण्ड र माधव नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा प्रदेश १ इन्चार्ज भीम आचार्यले बताए । 

उनले  विरोध प्रदर्शनमा कम्तीमा पनि ६० हजार कार्यकर्ता सहभागी हुने दाबी गरे । नेता आचार्यले भने, ‘हाम्रो तयारीअनुसार कम्तीमा पनि ६० हजार मानिस प्रदर्शनमा सहभागी हुनेछन्  ।  कार्यकर्ता मात्र नभएर सर्वसाधारण पनि आउने भएकोले संख्या अझ धेरै हुनेछ ।’