मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १६ शुक्रबार ०८:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिपी राजमार्गको पुनर्निर्माण खण्ड नेपाललाई हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १६ शुक्रबार ०८:३१:००

भूकम्पपछि बिपी राजमार्गमा उच्च जोखिमयुक्त देखिएका ५ स्थानलाई मर्मत तथा पुनर्निर्माण सम्पन्न गरेर जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रममार्फत जापानले पुनर्निर्माण गरेका खण्ड नेपाललाई हस्तान्तरण गरेको हो ।

पुनर्निर्माण गरिएको बिपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । ऊर्जा, यातायात, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र कृषि क्षेत्रमा जापान सरकारको योगदान अतुलनीय रहेको बताए । 

उनले नेपालको विकास र समृद्धिको चाहना परिपूर्ति गर्न नेपालका लागि जापानी राजदूत मासामिची साइगोको साथ र समन्वयको प्रशंसा गरे । त्यस्तै, जापानी राजदूत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ सधँै रहने बताए । 

राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो बिपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । पुनर्निर्माण ३ जुलाई २०१९ मा जापानिज निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेसनले गरेको हो । करिब १८ महिनामा निर्माण सम्पन्न भएको हो । पुनर्निर्माणमा गिट्टी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।