मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ माघ २९ मंगलबार ०८:०७:००
Read Time : > 1 मिनेट
विश्व

प्रियंका गान्धीले सुरु गरिन् निर्वाचन अभियान

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ माघ २९ मंगलबार ०८:०७:००

गत महिना औपचारिक रूपमा भारतीय कंग्रेसको राजनीतिमा होमिएकी प्रियंका गान्धी पहिलोपटक सोमबार सार्वजनिक कार्यक्रममा देखा परेकी छिन् । प्रियंकाको स्वागतमा हजारौँ प्रशंसक सडकमा उत्रिएका थिए । आगामी मे महिनामा हुने निर्वाचनमा प्रियंकाले कंग्रेस पार्टीलाई थप ऊर्जा दिने प्रशंसकहरूले विश्वास गरेका छन् । 

पहिलोपटक लखनउको कार्यक्रममा सहभागी
प्रियंका गान्धी आफ्ना दाजु तथा कंग्रेस पार्टीअध्यक्ष राहुल गान्धीसँगै लखनउमा आयोजित कार्यक्रममा सहभागी भइन् । उनलाई समर्थकले ताली बजाएर स्वागत गरेका थिए । दुई साताअघि उनलाई राहुलले पार्टी महासचिवमा नियुक्त गरेका थिए । उनलाई आफ्नै हजुरआमा तथा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीसँग तुलना गर्न थालिएको छ । 

उत्तर प्रदेशको लखनउमा आयोजित भव्य कार्यक्रममा सहभागीले ‘राहुल गान्धी र प्रियंका गान्धी दीर्घायु रहून्’ भन्ने नारा लगाउँदै अभिवादन गरेका थिए । उनीहरूलाई स्वागत गर्न दसाैं हजार मानिस भेला भएका थिए । गान्धीसँगै उत्तर प्रदेशका कंग्रेस महासचिव ज्योतिरआदित्य सिन्धिया पनि सहभागी थिए । राहुल र प्रियंकालाई विशेष सुरक्षाफौजले सुरक्षा प्रदान गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रियंकाले सम्पूर्ण मानिसलाई हिस्सेदार बनाउने नयाँ प्रकारको राजनीतिमा सबै सहभागी हुन सक्ने विश्वास गरिन् ।

 प्रियंकाको प्रवेशले पार्टीलाई ऊर्जा 
सन् २०१४ मा सम्पन्न आमनिर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले कंग्रेस पार्टीलाई पाखा लगाइदिएको थियो । त्यसपछि विभिन्न राज्यमा सम्पन्न विधानसभा निर्वाचनमा कंग्रेसले खासै सफलता हासिल गर्न सकेको छैन । यही मेमा हुने कंग्रेस पार्टीको निर्वाचनमा प्रियंकाले पार्टीलाई थप ऊर्जा प्रदान गर्ने विज्ञहरूले बताएका छन् ।

प्रियंका कंग्रेस पार्टीमा प्रवेशसँगै लखनउका धेरै मानिस उत्साहित छन् । ‘पार्टी कार्यकर्ता र समर्थक उत्तेजित बनेका छन् । आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपालाई धुलो चटाइदिने आशा छ,’ कार्यक्रममा सहभागी एक कंग्रेस कार्यकर्ताले भने । 

राहुलभन्दा प्रियंका लोकप्रिय
जानकारहरूका अनुसार प्रियंका आफ्ना दाजुभाइमा निकै लोकप्रिय मानिन्छिन् । सन् २०१४ देखि सन् २०१८ सम्म भएका विधानसभाका निर्वाचनमा कंग्रेस तंग्रिन नसक्नुमा धेरैले राहुलको फिका नेतृत्वलाई दोष लगाएका छन् । यसअघिका निर्वाचनमा राहुल र आमा सोनिया सक्रिय रहे पनि प्रियंकाले औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्न आनाकानी गरेकी थिइन् । पछिल्ला विधानसभा निर्वाचनमा कंग्रेसले केही उपलब्धि हासिल गरेको छ, तर भाजपालाई जित्न पार्टीले अझै कसरत गर्नुपर्ने हुन्छ ।