मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ११ मंगलबार
  • Tuesday, 25 May, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ १५ बिहीबार ०७:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सबै नेपालीलाई  तीन महिनाभित्र  खोप : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ १५ बिहीबार ०७:४२:००

तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्न असम्भव : स्वास्थ्य मन्त्रालय

प्रधानमन्त्री केपी ओलीले सरकारले सबै नेपालीलाई कोभिड– १९ विरुद्धको खोप नि:शुल्क उपलब्ध गराउने बताएका छन् । बालुवाटारबाटै खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले अनुदानमा पाए पनि वा खरिद गरेर ल्याए पनि सबै नागरिकले कोभिड– १९ विरुद्धको खोप निःशुल्क पाउने बताए । 

‘प्राथमिकताका आधारमा आमनागरिकलाई सरकारले निःशुल्क रूपमा खोप उपलब्ध गराउँछ,’ उनले भने । उनले कुनै पनि गरिब देश वा गरिब मानिस खोपबाट वञ्चित हुनु नहुने र खोपमा सबैको पहुँच हुनुपर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले कोभिडविरुद्धको खोप ल्याउनका निम्ति अन्य मित्रराष्ट्र र संघसंस्था तथा छिमेकी राष्ट्र भारतसँग पनि थप खोप खरिदका लागि संवाद भइरहेको जानकारी दिए । उनले खोप नाफा कमाउने वा व्यापारको माध्यम बन्न नहुने पनि बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबैले खोप कहिलेसम्म पाउँछन् भन्ने यकिन गर्न नसकिने बताए । उनले तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्न सम्भव नहुने स्पष्ट पारे । ‘तीन महिनामा सम्भव छैन । यो सबै खोपको उपलब्धतामा भर पर्छ । अहिले युरोपमै कति देशमा भ्याक्सिन नभएर खोप अभियान रोकिएको छ, खोप उपलब्ध भयो भने लगातार लगाउँदै जान सकिन्छ, सरकारले खरिदको योजना पनि बनाएको छ, तर उपलब्ध नै भएन भने कसरी गर्ने ?’ डा. गौतमले नयाँ पत्रिकासँग भने ।