मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अशोक घजू बडिबिल्डिङ जज
२०७५ माघ २९ मंगलबार ०७:३५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

व्यायाम गर्दा ध्यान दिनैपर्ने कुरा

Read Time : > 1 मिनेट
अशोक घजू बडिबिल्डिङ जज
२०७५ माघ २९ मंगलबार ०७:३५:००

हिजोआज मानव शरीरलाई आवश्यक स्वस्थ खानेकुरा बजारमा पाउन मुस्किल छ । केमिकलयुक्त खाद्यान्न र अस्वस्थ जीवनशैलीका कारण शरीरमा विभिन्न रियाक्सन देखिने गर्छ । त्यस्ता रियाक्सन कम गर्न व्यायाम प्रभावकारी माध्यम बन्नेछ । नियमित व्यायाम गरेर वा खेल खेलेर शरीरलाई स्वस्थ, फुर्तिलो र सुन्दर बनाउन सकिन्छ । रोगको प्रभाव कम गर्न सकिन्छ । रगत शुद्धीकरण र रक्तचाप सन्तुलनमा राख्न व्यायाम महत्वपूर्ण साबित हुन्छ । हाड, जोर्नी र पाचन प्रणालीलाई मजबुत बनाउन पनि यसको भूमिका रहन्छ । नियमित व्यायाम गर्नेले यी ३ कुरामा भने विशेष ध्यान पु-याउनुपर्ने हुन्छ । 

प्रशिक्षकको निगरानी 
प्रशिक्षकको प्रत्यक्ष निगरानीमा व्यायाम गर्नु राम्रो हुन्छ । शरीरलाई वार्मअप र स्ट्रेचिङ नगरी अभ्यास गर्दा मांसपेशी फाट्ने समस्या देखिन सक्छ । आफ्नो शरीरको तौलअनुसार कार्डियो, जम्पिङ, फास्ट ट्रयाक अभ्यास, हेभी जिम, लाइट जिम आदि गर्नुपर्ने हुन्छ । प्रशिक्षकको निगरानीमा अभ्यास गर्दा यी कुरा बुझ्न सहज हुन्छ । प्रशिक्षकको सल्लाहले डाइट प्लान तयार गर्न पनि सहज हुन्छ । ज्यान घटाउने वा बढाउने भन्दैमा मनपरी तरिकाले अभ्यास गर्नु राम्रो होइन । कुन अभ्यास गर्दा कस्तो पोजिसनमा बस्ने, कतिवेला सास तान्ने र छाड्ने भन्ने जानकारी हुनुपर्छ । गलत तरिकाले अभ्यास गर्दा ढाड सड्किने, हातका जोर्नी र कुम दुख्ने, ढाडको अभ्यास गर्दा घुँडा दुख्ने, शरीर बिग्रने आदि समस्या देखिन सक्छन् । 

सन्तुलित भोजन 
खाली पेटमा व्यायाम गर्नुहुँदैन । त्यस्तै, खाना खानेबित्तिकै पनि हुँदैन । व्यायाम गर्नुभन्दा एक घन्टाअघि काब्रोहाइड्रेट, प्रोटिन, क्याल्सियमयुक्त खानेकुरा खानु राम्रो हुन्छ । चना, दूध, अन्डा, ओट्स, ब्राउनब्रेड, बदाम, काजु, किसमिस, ओखर, फलफूल आदिले शरीरको प्राकृतिक शक्ति र दिमागको कन्सन्टेर्«ट पावर बढाउन भूमिका खेल्छन् । व्यायामपछि पनि प्रोट्रिनयुक्त खानेकुरा वा प्रोट्रिन सेक लिनुपर्छ । नियमित व्यायाम गर्ने व्यक्तिले बिहानदेखि बेलुकासम्म तीन घन्टाको फरकमा दिनको ६ पटक प्रोटिनयुक्त खानेकुरा खाँदा राम्रो हुन्छ । 

समयसीमा निर्धारण 
निश्चित समयसीमा निर्धारण गरेर सधैँ उही समयमा अभ्यास गर्दा राम्रो नतिजा निस्कन्छ । हामीले दैनिक एकदेखि दुई घन्टासम्म कुनै पनि शारीरिक अभ्यास गर्न सक्छौँ । दैनिक ३० मिनेट ट्रेडमिलमा  वाकिङ गर्ने, १० देखि १५ मिनेट स्ट्रेचिङ गर्ने, शरीरका सम्पूर्ण माशंपेशीको मिक्स कार्यक्रम (कक्टेल प्रोग्राम) गर्दा राम्रो हुन्छ । जिमका सबै प्रोग्राम गर्नुपर्छ भन्ने होइन । हल्का अभ्यास गरेर पनि शरीरलाई स्वस्थ र सुन्दर राख्न सकिन्छ । तर, नियमित रूपमा भने गर्नुपर्छ ।