मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ १३ मंगलबार ०६:०१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंक र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ १३ मंगलबार ०६:०१:००

ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने सम्झौता भएको छ । सम्झौतामा बैंकका बागमती प्रादेशिक कार्यालय उपप्रमुख विदुर ज्ञवाली र सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका हुन् ।  

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले भण्डारालगायत चितवनका विभिन्न ठाउँहरूमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जनाइएको छ ।

त्यस्तै, सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानलाई आवश्यक तालिमको व्यवस्था गर्ने बैंकले जनाएको छ । 
बैंकले देशभरमा २ सय ६४ शाखा, २ सय ४० एटिएम, २ सय ४४ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।