१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ११ आइतबार १७:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटनको विरोध गर्नेहरू देशविरोधी हुन् : प्रधानमन्त्री ओली (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ११ आइतबार १७:३९:००

प्रधानमन्त्री केपी ओलीले संसद् विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी भएको बताएका छन् । आइतबार अपांगता भएका व्यक्तिहरूको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरूले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद् विघटनलाई असंवैधानिक भनेर कराउनेहरू देशविरोधी भएको बताएका हुन् । 

असंवैधानिक भन्नेहरू संविधान तथा लोकतन्त्रको विरोधी भएको उनको भनाइ छ । संसद् पुनस्र्थापना गर्न चाहनेहरू देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप ओलीको छ । 

संसद् पाँचै वर्ष हुनका लागि सांसदहरूको जागिर नभएकाले सांसदको काम हेरेर जनतालाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उनको भनाइ छ । 

आफूले शासक बन्ने गरी हातमा केही नराखेको भन्दै ओलीले जनतालाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको बताए । ओलीले अपांगता भएका व्यक्तिहरूको साथमा सरकार रहेको बताए ।