१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस/एएफपी लन्डन
२०७७ माघ ११ आइतबार १५:४२:००
Read Time : < 1 मिनेट
विश्व

जोन्सन–बाइडेन फोनवार्ता : सम्बन्ध अझ प्रगाढ बनाउने सहमति

Read Time : < 1 मिनेट
रासस/एएफपी लन्डन
२०७७ माघ ११ आइतबार १५:४२:००

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जलवायु परिवर्तनसमेतका जल्दाबल्दा मुद्दा सम्बोधनका लागि दुई देशबीचको सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउनेबारे सहमति भएको छ । 

बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार दुई नेताबीच यो पहिलोपटक भएको कुराकानी हो । प्रधानमन्त्री जोन्सनले बाइडेनले अमेरिकी राष्ट्रपतिको पद सम्हालेकामा बधाई दिँदै दुवै देशबीचको प्रगाढ सम्बन्धलाई थप उचाइमा पुऱ्याउन कुनै कसर बाँकी नराखिने बताएका थिए ।

बेलायती अखबारहरूले बाइडेनले राष्ट्रपति भएपछि युरोपका नेतामध्ये बेलायती प्रधानमन्त्री जोन्सनलाई पहिलोपटक सम्पर्क गरेका हुन् । बाइडेनले यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपतिसँग कुराकानी गरेका थिए ।

यसअघि सन् २०१९ मा राष्ट्रपति बाइडेनले चुनावी प्रचारका क्रममा जोन्सनमाथि व्यंग्य गर्दै उनी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको छायाको रूपमा रहेको बताएका थिए । 

फोनवार्ताका क्रममा प्रधानमन्त्री जोन्सनले दुई देशबीचको व्यापार विषयमा उत्पन्न गतिरोध जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गरेका थिए । 

प्रधानमन्त्री जोन्सनले जलवायुसम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा अमेरिकाको पुनः प्रवेशका लागि बाइडेनले लिएको निर्णय निकै सकारात्मक भन्दै प्रशंसा पनि गरेका थिए ।