१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ माघ ११ आइतबार ०९:१६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राजनीतिक गतिविधिसँगै आर्थिक क्षेत्रमा चहलपहल

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ माघ ११ आइतबार ०९:१६:००

कोरोनाका कारण ठप्प सुर्खेतको आर्थिक गतिविधि पछिल्लो समय चलायमान भएको छ । प्रतिनिधिसभा विघटनपछिको राजनीतिक दलका गतिविधिले यहाँको आर्थिक गतिविधि चलायमान भएको हो । कोरोनाको महामारीपछि बन्द रहेका होटेल व्यवसाय, यातायात र अन्य व्यापार व्यवसाय अहिले सुचारु हुन थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेदेखि नै राजनीतिक दलहरूले त्यसको विरोधमा कार्यक्रमहरू गर्ने, कार्यकर्ता परिचालन गर्नाले होटेल, यातायात र अन्य व्यवसाय बढेको छ । विगत लामो समयदेखि प्रायः सुनसानजस्तै बनेका यहाँका होटेल, लज, रेस्टुरेन्टहरू अहिले भरिभराउ हुन थालेका छन् । राजनीतिक गतिविधि बढेसँगै व्यवसाय बढेको वीरेन्द्रनगर नगरपालिका– ६ मा रहेको होटेल रारा भिजिटका सञ्चालक लक्ष्मीप्रसाद भट्टराईले बताए । ‘दैनिकजसो पक्ष र विपक्षका कार्यक्रम भइरहेका छन्,’ उनले भने, ‘त्यसैले ग्राहक बढेका छन् ।’

यातायात व्यवसाय पनि लयमा फर्कन थालेको कालिकोटका यातायात व्यवसायी धनबहादुर बटालाले बताए । ‘कोरोनाकालमा यातायात व्यवसाय ठप्प भएको थियो । यात्रुहरू सवारीसाधन चढ्न मान्दैनथे,’ उनले भने, ‘पुसयता यात्रुको आवतजावत बढिरहेको छ, सवारीसाधनमा यात्रुको भिड लागेको छ ।’ 

हवाई यात्रु बढे
सडक यातायात मात्र नभई हवाई यात्रुको संख्या पनि बढेको छ । काठमाडौंलगायत देशका विभिन्न ठाउँमा हुने कार्यक्रममा नेता तथा कार्यकर्ता आउजाउ गर्ने क्रम बढेकाले हवाईसेवा पनि बढेको व्यवसायीहरूको भनाइ छ । विगतमा नेपालगन्ज–काठमाडौंको हवाई भाडा तीन हजार दुई सयदेखि १० हजारसम्म थियो । अहिले चार हजारभन्दा मुनि टिकट पाइन छाडेको जुम्ला सिंजाका प्रेमबहादुर बस्नेतले बताए । प्रधानमन्त्री ओलीले चालेको कदमको पक्ष र विपक्षमा हुने कार्यक्रममा प्रयोग हुने झन्डा, ब्यानरका कारणले कपडा व्यवसाय वृद्धि भएको व्यापारीले बताएका छन् । 

आर्थिक गतिविधि बढेसँगै बजार महँगी अकासिएको छ । तर, मूल्यवृद्धि नियन्त्रणमा कसैले चासो नदिएको सुर्खेत सिम्ता गाउँपालिका– ७ का नरप्रसाद सापकोटाले बताए । ‘राजनीतिक अस्थिरताको मौका छोपेर बजारमा सबै सामानको मूल्य अकासिएको छ ।