१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ माघ ११ आइतबार ०८:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जानकी मेडिकलका कर्मचारी पुनः आन्दोलित

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ माघ ११ आइतबार ०८:०२:००

सहमति कार्यान्वयन नभएपछि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् । उनीहरू मेडिकल कलेजपरिसरमै रिले अनशनमा बसेका छन् । 

कलेज प्रशासनले ६ कात्तिकमा पाँचजना कर्मचारीलाई निष्कासन गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका थिए । २८ दिन लामो आन्दोलनपछि २३ मंसिरमा तीनबुँदे सहमति भएको थियो । कलेज प्रशासनले सहमति कार्यान्वयन नगरेपछि उनीहरू ५ माघदेखि फेरि आन्दोलनमा उत्रिएका हुन् । कलेजका मेडिकल स्टाफ, पारा मेडिकल स्टाफ, सुरक्षा गार्डसहितका कर्मचारी कलेजपरिसरमै रिले अनशनमा बसेका छन् । 

त्यतिवेला स्वास्थ्यकर्मीहरूको आधिकारिक ट्रेड युनियनको पदाधिकारीहरूको रोहवरमा भएको सहमति कलेज प्रशासनले कार्यान्वयन नगरेपछि आन्दोलनमा उत्रिनुपरेको कलेज कर्मचारी हकहित संरक्षण समितिका अध्यक्ष उमेश यादवले बताए । उनका अनुसार दुवै पक्षका प्रतिनिधिको कार्यदल गठन गर्ने र त्यसले तयार गरेको प्रतिवेदनका आधारमा समस्या समाधान गर्ने सहमति भएको थियो । तर, कलेज प्रशासनले कार्यदल गठन गर्न नमानेको अध्यक्ष यादवले बताए । 

कलेज प्रशासनले देखाउनका लागि सहमति गरे पनि व्यवहारमा कार्यान्वयन नगरेको उनले बताए । विनाकारण जागिरबाट निकालिएका सहकर्मीको पुनः बहाली पनि नभएको कर्मचारीहरूले बताएका छन् । तीन महिनाअघि कलेज प्रशासनले उमेश यादव, राजनारायण यादव, जयकुमार यादव, अञ्जु पटेल र वीरेन्द्र झालाई निकालेको थियो । 

अब माग पूरा नभएसम्म आन्दोलन जारी रहने अध्यक्ष यादवले बताए । उनीहरूले निकालिएका कर्मचारीको पुनः बहाली गर्नुपर्ने, ६ वर्षदेखिको सञ्चय कोष र दसैँभत्तालगायतको हरहिसाब दिनुपर्ने माग गरेका छन् ।