मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ १० शनिबार ०९:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेको दुई ठाउँमा बम पड्कियो, बनेपामा सेनाद्वारा कुकर बम डिस्पोज

Read Time : < 1 मिनेट
२०७७ माघ १० शनिबार ०९:३५:००

 अज्ञात समूहले काभ्रेका दुई  स्थानमा बम विस्फोट गराएको छ ।   बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा रहेको कुकर बम भने सेनाले डिस्पोज गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाका अनुसार बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा र रोशी गाउँपालिका वडा नं. ९ नार्केमा गयराती अज्ञात समुहले बम पड्काएको हो । बनेपा बुडोलमा पड्काएको होस्ट बम हुन सक्ने र नार्केमा पड्काएको सिलिण्डर बम हुन सक्ने थापाले जानकारी दिए । बम राती दुई बजेको समयमा पड्किएको जनाइएको छ । 

काभ्रेको बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा प्रेसर कुकर बम डिस्पोज पश्चात मुजुल्का बनाउदै  प्रहरी

कुकर बमका  कारण राती दुई बजेदेखि अवरुद्ध भएको अरनिको राजमार्ग र विपी राजमार्ग  डिस्पोज पश्चात सुचारु भएको छ । सडकमा बम राख्ने समूहको खोजी कार्य तीव्र पारिएको प्रहरी उनले बताए ।