१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका कावासोती
२०७७ माघ १० शनिबार ०८:५३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कावासोतीमा मोटरसाईकल दुर्घटना हुँदा दुईको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कावासोती
२०७७ माघ १० शनिबार ०८:५३:००

पूर्वी नवलपरासीको कावासोती-८ खर्कटा जंगलमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

नवलपुर प्रहरीका अनुसार गएराति उत्तरबाट दक्षिण जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी कावासोती-३ निवासी २४ वर्षीय हेमराज थापा र कावासोती-८ निवासी २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको हो । 

दुर्घटना परी गम्भीर घाईते भएका दुवैजनालाई प्रहरीले उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगेकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ ।