मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ९ शुक्रबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिरो मोटोकर्पको उत्पादन १० करोड नाघ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ९ शुक्रबार ०६:००:००

हिरो मोटोकर्पले आफ्नो उत्पादन १० करोड नघाएको छ  । कम्पनीले हिरोका उत्पादन विश्वका लागि भारतमा बनाइरहेको दाबी गरेको हो ।  यो उपलब्धि ग्राहकद्वारा हिरोलार्ई प्रदान गरिएका भौगोलिक, जनसांख्यिक र पुस्तागत प्राथमिकताको सम्मान रहेको कम्पनीले विश्वास जनाएको छ । यो वृद्धि यात्रालाई जारी राख्ने कम्पनीले घोषणा गरेको छ । 

हिरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जेलले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हिरो मोटाकर्पले आज आफ्नो कुल सञ्चित उत्पादनमा १० करोड इकाइको महत्वपूर्ण कोसेढुंगा पार गरेको बताए । यसै अवसरमा १० करोड बाइक, एक्सट्रिम १६०आर, उत्तर भारतीय पहाडी राज्य उत्तराखण्डको हरिद्वारमा कम्पनीको निर्माण संयन्त्रबाट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।  

हिरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो टू ह्विलर निर्माताको उपाधि कायम गरेको यो लगातार २०औँ वर्ष रहेको कम्पनीको दाबी छ । हिरो मोटोकर्पको यो कोसेढुंगाको उपलब्धि, कुल सञ्चित १० करोड उत्पादनको लक्ष्य हासिल भएकोमा ५ करोड उत्पादन केवल सात वर्षको अवधिमा भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् १९९५ सम्ममा १० लाख, २००१ सम्ममा ५० लाख, २००४ सम्ममा २ करोड ५० लाख उत्पादन गरेको थियो । त्यस्तै, सन् २०१३ सम्ममा ५ करोड, २०१७ सम्ममा ७ करोड ५० लाख र २०२१ सम्ममा १० करोड उत्पादन गरेको कम्पनीको दाबी छ ।