मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ ९ शुक्रबार ०७:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वोच्च अदालत परीक्षाको  घडीमा छ : गगन थापा

Read Time : < 1 मिनेट
२०७७ माघ ९ शुक्रबार ०७:५३:००

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले अदालत परीक्षाको घडीमा रहेको बताएका छन् । अदालत कतैबाट प्रभावित हुन नहुने उनको भनाइ छ । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस बुटवलले बिहीबार गरेको विरोध सभामा नेता थापाले सबैको विश्वास अदालतमा रहेकाले बाहिर भइरहेका कुराले बेन्चमा प्रभावित हुन नहुने बताए । 

संविधान लेख्दा नशामा लट्ठ परेर नलेखेको भन्दै उनले बुझेर लेखेकाले न्यायाधीशहरू संविधानप्रतिको कर्तव्यबोधले मात्रै प्रभावित हुनुपर्ने धारणा राखे । ‘हामी संसद्को मान–सम्मान रहोस् भन्ने चाहन्छौँ,’ उनले भने, ‘संविधानमा टेकेर अदालतले न्याय दिनेछ भन्ने हामीलाई विश्वास छ ।’ 

उनले संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने प्रावधान नराखिएको जिकिर गरे । ‘संविधानमा कहीँकतै बहुमतप्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ भन्ने उल्लेख छैन । त्यसैले पनि पूर्वप्रधानन्यायाधीशहरू, दलहरूसमेत एक ठाउँमा उभिएर बोलेका हुन्,’ उनले भने । बहुमतप्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे घर गएर बस्नुपर्ने, घर बस्न मन नलागे वन जानुपर्ने भन्दै उनले हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा भंग गर्न नपाइने बताए । उनले संसद् विघटनसम्बन्धी रिटमा अदालतले छिटो फैसला दिन पर्ने धारणा राखे । 

प्रधानमन्त्री ओलीको अहंकारका कारण मुलुक दुर्घटनातर्फ जान लागेको भन्दै उनले ओलीले जनतामाझ माफी माग्नुपर्ने औँल्याए । ओलीमा योग्यता र सपना होइन, अहंकार र खोक्रो विश्वास मात्र भएको थापाको भनाइ थियो । ओलीको प्रवृत्ति रातारात नआएको भन्दै ओलीको यो प्रवृत्ति तयार हुन वर्षौँ लागेको दाबी गरे । ओलीलाई यहाँ पु¥याउन नेकपाका दुवै गुट जिम्मेवार रहेको उनको भनाइ थियो ।