Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ माघ ९ शुक्रबार ०७:४४:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

दलहरूको आग्रहपछि बागमती प्रदेश बैठक बोलाइयो

Read Time : > 1 मिनेट
२०७७ माघ ९ शुक्रबार ०७:४४:००

बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको आग्रहपछि बुधबार स्थगित गरिएको प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठक आह्वान गरिएको छ । सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

बिहीबार करिब साढे चार घन्टा चलेको कार्य–व्यवस्था समितिको बैठकमा सभा आह्वान गर्न सहमत नभए पनि साँझ सभामुख श्रेष्ठले बिहीबार १ बजेका लागि सूचना जारी गरेका हुन् । 

बैठक सञ्चालनका लागि प्रदेश सभामा रहेका सबै दल सहमत भए पनि सभामुखले आनाकानी गरेको आरोप लगाउँदै दलहरूले कार्य–व्यवस्था समितिमा विरोध गरेका थिए । बिहीबार दिउँसो प्रदेश सभा सञ्चालनका लागि करिब साढे चार घन्टा बसेको कार्य–व्यवस्था परामर्श समिति बैठकमा प्रदेश सभा सञ्चालनका लागि दलहरू सहमत भए पनि सभामुख श्रेष्ठ विभिन्न बहाना बनाएर पन्छिएको बैठकमा सहभागीहरूले बताए । तर, सभामुखले शुक्रबारको कार्यसूची तय नगरे पनि बैठक आह्वान गरेको कांग्रेस संसदीय दलले जनाएको छ । 

कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामाले संसद्मा रहेका सबै दलका सदस्यले शुक्रबार बिहान ११ बजे बैठक सञ्चालन गर्न सभामुखलाई आग्रह गरे पनि सभामुखले थप छलफल गर्नुपर्ने भन्दै पन्छिएको बताए । ‘सभामुखकै कारण बैठक कहिले सञ्चालन हुने अनिश्चित भएको थियो,’ उनले भने, ‘सभामुखले अन्ततः बैठक आह्वान गरे पनि कार्यसूची सार्वजनिक गरेका छैनन् ।’ सचेतक लामाका अनुसार सहभागीहरूले शुक्रबार बैठक आह्वान गरेर अविश्वासको प्रस्ताव टेबुल गरी पर्याप्त छलफलका लागि समय तोक्न आग्रह गरेका थिए । 

कांग्रेसले शुक्रबारको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गरी पर्याप्त छलफलका लागि समय तोक्दा उपयुक्त हुने धारणा राखेको र अन्य दलले समेत सहमति जनाएको लामाको भनाइ छ । नेकपाका सांसद शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा उनकै मन्त्री रामेश्वर फुँयाललाई कार्य–व्यवस्था परामर्श समितिमा राखेर छलफल गरेको भन्दै सभामुखको चर्को आलोचना गरेका थिए । उनले सभामुखको भूमिकामाथि नै प्रश्न उठाएका थिए ।