मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७७ माघ ९ शुक्रबार ०७:४१:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

प्रधानाध्यापकको हत्या आरोपमा विप्लव कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ माघ ९ शुक्रबार ०७:४१:००

मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् । 

प्रधानाध्यापक श्रेष्ठको २३ मंसिरमा बिहान ६ बजेतिर गोठबाट गाईवस्तु सार्दै गर्दा हतियारसहित आएका चार–पाँचजनाको समूहले अपहरण गरी जंगलमा घाँटी रेटेर हत्या गरेको थियो । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय डिबी सिलवाल भनिने धनबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

उद्योगी व्यापारीलाई धम्की दिएर चन्दा असुल्न खोजेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गर्दा विश्वकर्मा प्रधानाध्यापक श्रेष्ठको हत्यामा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी मानबहादुर राईले बताए । 

प्रहरीका अनुसार संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटेका विश्वकर्मा विप्लव समूहका मोरङ इन्चार्ज हुन् । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।