Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १८:०७:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गतेदेखि सुरु हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २८ सोमबार १८:०७:००

सरकारले आगामी फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी बुधबार प्रधानमन्त्री केपी ओलीले कार्यक्रम घोषणा गर्ने औंपचारिक जानकारी गराएका थिए । संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने परिकल्पनालाई सरकार पार्न सरकारले नागरिकलाई रोजगारीको न्यूनतम व्यवस्था गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्न लागेको जानकारी दिए ।

सरकारले ल्याउन लागेको यस कार्यक्रममा बेरोजगार भत्ता र निर्वाह भत्ता वितरण गर्ने व्यवस्था गरिएको छ । मन्त्री विष्टले बेरोजगारीलाई एक आर्थिक वर्षमा न्यूनतम सय दिन बराबरको रोजगारी तथा सीप विकास तालिम लगायत व्यवस्था कार्यक्रममार्फत गर्ने स्पष्ट पारेका थिए । मन्त्री विष्टले सबैलाई रोजगारीको व्यवस्था गर्न सरकारले सो कार्यक्रम संचालन गरेको जानकारी दिए ।

त्यसैगरी निर्वाह भत्ता न्यूनतम रोजगारीको अवसर नपाएकाहरुलाई उपलब्ध गराउने उल्लेख गरिएको छ । मन्त्री विष्टले यो कार्यक्रम लागू गर्न देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने पनि जानकारी दिए । उनले सो कार्यक्रममा कुनै प्रकारको विभेद नगर्ने प्रतिवद्धता जनाएका थिए । सरकारले दिगो आर्थिक विकासका लागि काम र रोजगारीलाई उच्च प्राथमिकता दिँदै प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्न लागेको हो ।