१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस काठमाडौँ
२०७७ माघ ८ बिहीबार १३:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

दिल्ली क्यापिटल्सद्वारा सन्दीप फुकुवा

Read Time : < 1 मिनेट
रासस काठमाडौँ
२०७७ माघ ८ बिहीबार १३:०६:००

आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)का लागि नेपाली क्रिकेट खेलाडी  सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । 

योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो । आइपिएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेब्रुअरी दोस्रो साता हुनेछ । 

दिल्लीले लामिछानेलाई सन् २०१८ को आइपिएलका लागि ३२ लाखमा पहिलोपटक टोलीमा अनुबन्ध गरेको थियो । त्यस वर्षको आइपिएलमा उनले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले ६ खेलमा ८ विकेट लिएका थिए ।

तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन । दिल्लीले लामिछानेसँगै इंग्ल्यान्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फुकुवा गर्ने निर्णय गरेको छ ।