मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
श्रवण थापा सर्लाही
२०७७ माघ ८ बिहीबार ०८:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्व-पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १७ घाइते

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ माघ ८ बिहीबार ०८:५७:००

पूर्व–पश्चिम लोकमार्गस्थित हरिवनमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।  बिहीबार बिहान ४:३०बजेकाे समयमा  दाङबाट काँकडभिट्टाका लागि छुटेको ना.५ख ४४८८ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम लोकमार्गस्थित हरिवन नगरपालिका– ४ सशस्त्र प्रहरी बेसक्याम्पनजिकै दुर्घटनाग्रस्त भएको थियो ।

तीव्र गतिमा रहेको बस आफैँ अनियन्त्रित भएर सडकबाट १० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घटनालगत्तै घाइतेहरूको सशस्त्र प्रहरी बेसक्याम्प हरिवन र इलाका प्रहरी कार्यलय हविनको प्रहरी टोलीले उद्धार गरेका थिए ।

दुर्घटनामा परेका एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकृत एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । 


दुर्घटनामा दाङको राप्ती गाउँपालिका– ५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरीको घटनास्थलमै मृत्यु भएको थियो  भने सोही स्थान बस्ने  २३ वर्षीया रिता चौधरीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी चालकसहित पाँचजना गम्भीर घाइते भएका छन् । उनीहरूको न्युरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ भने सामान्य घाइते भएका तीनजनाको नमुना अस्पताल हरिवन र नौजनाको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ  ।