१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ७ बुधबार १०:३९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुंगा सडक : निर्माण सुरु भएको ११ वर्षमा १९ प्रतिशत भौतिक प्रगति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ७ बुधबार १०:३९:००

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा पर्ने २ सय ४५ किलोमिटर लामो गैँडाकोट–राम्दी–मालढुंगा सडक निर्माण थालिएको ११ वर्ष नाघेको छ । तर, यो अवधिमा आयोजनाको भौतिक प्रगति भने १९ प्रतिशत मात्र देखिएको छ ।

आर्थिक वर्ष ०६६/६७ देखि यो सडकखण्ड निर्माण थालिएको हो । पछिल्लो संशोधित समयावधि भने ०८०/८१ तय गरिएको छ । यसअघि यो खण्ड आर्थिक वर्ष ०७६/७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

कुल लम्बाइमध्ये अहिलेसम्म २ सय ४४ किलोमिटरमा ट्र्याक खोल्ने काम सकिएको छ । त्यस्तै, १२ किलोमिटर कालोपत्रे सम्पन्न भएको आयोजना कार्यालयले जानकारी दिएको छ । त्यस्तै, १ सय ३२ किलोमिटर सडक सुधार विकास कार्यक्रममार्फत भइरहेको छ ।

कुल २० अर्ब २२ करोड रुपैयाँ आयोजनाको लागत अनुमान गरिएको छ । त्यसमध्ये अहिलेसम्म ३ अर्ब ७४ करोड रुपैयाँ खर्च भएको छ । यो १८ दशमलव ४९ प्रतिशत वित्तीय प्रगति हो । 

४० र २० किलोमिटर क्रमशः कालोपत्रे र ग्राभेल गर्ने लक्ष्य
आयोजना कार्यालयले चालू आर्थिक वर्ष ०७७/७८ मा ४० किलोमिटर कालोपत्रे र २० किलोमिटर ग्राभेल गर्ने लक्ष्य राखेको छ । त्यस्तै, १ दशमलव ५ किलोमिटर ट्र्याक खोलिनेछ भने १० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यो काम सम्पन्न गर्नका लागि २ अर्ब ४१ करोड ९९ लाख ७३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

 चालू आवको पहिलो चौमासिकमा भने भौतिक प्रगति साढे ४२ प्रतिशत गरेको छ । यो अवधिमा २० किलोमिटर कालोपत्रे र ४ किलोमिटर ग्राभेलसहित २ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, १२ किलोमिटर मात्र कालोपत्रे भएको छ भने ३ किलोमिटर ग्राभेल सम्पन्न भएको छ ।

त्यस्तै, एउटा पुल निर्माण सकिएको तथ्यांक छ । पहिलो चौमासिकका लागि छुट्याएको रकम पनि ४१ दशमलव ६१ प्रतिशत मात्र खर्च भएको छ । कुल ५९ करोड ६९ लाख ५२ हजार विनियोजन गरिएको थियो । तर, २४ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।